`

नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन सक्दैन – प्रहरी महानिरीक्षक

Nepal One HD १२ चैत २०७९ २१:३९
समाचार

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा उनले यस्तो बताएका हुन् । उनले

प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको पनि उनले बताए । प्रहरीसामु समस्याका चाङहरू रहेको, सङ्गठनको दुर्वल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको उनले बताए ।

नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने भएकाले यसका लागि सामूहिक प्रयास आवस्यक पर्ने उनको भनाई छ ।
उनले व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिए ।


प्रतिक्रिया