`

विधि र पद्धतिका कुरा गर्दा पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु – भीम रावल

Nepal One HD १४ चैत २०७९ २०:३६
राजनीति

काठमाडौं – नेकपा एमालेका नेता भीमबहादुर रावलले आफूले सधै देशको हितमा काम गर्दै आएको बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताए । उनले भने अहिलेसम्म नेकपा ९एमाले०को सदस्यमा छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु उनले थपे पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।

उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए । ‘एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन,’ रावलले भने, ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’


प्रतिक्रिया