वीरगञ्ज महानगरद्वारा क्रिकेटर आरिफ र आसिफलाई मोटरसाइकल उपहार

खेलकुद

वीरगञ्ज / राष्ट्रिय क्रिकेट सिनियर टोलीका खेलाडी आसिफ शेख र आरिफ शेखलाई वीरगञ्ज महानगरले सम्मानित गरेको छ। वीरगञ्ज महानगरद्वारा आरिफ र आसिफलाई मोटरसाइकल उपहार दिई सम्मानित गरिएको हो ।
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाललाई विश्वकम क्वालिफायरको छनोटमा पर्याउन दुई क्रिकेटरले ठूलो भूमिका खेलेका थिए ।
आरिफ र आसिफ दुबैजना वीरगञ्जकै हुन् । शुक्रवार एक समारोहबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आरिफ र आसिफलाई मोटरसाइकल दिई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
प्रतिक्रिया
ताजा अपडेट