ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

समाचार

चितवन – चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मुग्लिङबाट काठमाडाैंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो ।
दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको भने भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट