`

आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ – महामन्त्री शर्मा

Nepal One HD २० चैत २०७९ २०:१६
राजनीति

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको बताएका छन् । सोमबार गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन चितवन आएका शर्माले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताए । उनले देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने बताए । उनले भने, “आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।” आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उहाँले बताउनुभयो । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उहाँको जिकिर थियो ।

उनले फरक प्रशंगमा कुरा गर्दै भने “घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु”, उनले थपे,“हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।”


प्रतिक्रिया