देशको आर्थिक अवस्था अत्यन्तै जटिल र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ – कमल थापा

राजनीति

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको आर्थिक अवस्था अहिले अत्यन्तै जटिल र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताएका छन् । मंगलबार राप्रपा नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः सङ्कट, चुनौती र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
उनले भने – ‘आममानिसको बुझाइमा देश चरम आर्थिक सङ्कटतर्फ गइरहेको अनुभव भइरहेको छ । प्रत्येक घर–चुलोमा सङ्कटको आभास देखिन थालिसकेको छ । हाम्रै निकायले पनि केही परिसूचक भयावह अवस्थामा रहेको बताइरहेका छन्’
अहिले उद्योगी व्यवसायीले सहजरुपमा कर्जा नपाएको र उनीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको विषयलाई गम्भीररुपमा लिननुपर्ने उनले बताए । उनले राप्रपा नेपालले अर्थतन्त्रबारे विभिन्न क्षेत्रबाट सुझाव लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट