त्रिपुरेश्वरस्थित रंगशालामा नेपाल–भियतनामबिच महिला फुटबल हुदैँ

NepalOne २२ चैत २०७९ ८:५३
खेलकुद

काठमाडौं, २२ चैत । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ ।

आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो । 

पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । 

नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । 
 

फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ । 


प्रतिक्रिया