`

मस्जिदको बिषयमा कुटाकुट, दुई जना गम्भीर

Nepal One HD २३ चैत २०७९ १८:५३
समाचार

सप्तरी २३ चैत – सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर कुटाकुट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईस्लाम मियाको शरिरको बिभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो. अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया