`

मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : माधवकुमार नेपाल

Nepal One HD २४ चैत २०७९ १६:०२
राजनीति

काठमाडौँ – नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् ।

शुक्रबार समाजवादी सहकारी सङ्गठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताएका हुन् । त्यस्तै उनले सहकारीका नाममा देखिएका विकृति र विसङ्गतिलाई पनि अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसहरूको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पुँजीहरूलाई एकीकृत गरी ठुलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष नवराज अर्यालले विश्वमै देखिएको अर्थतन्त्र सङ्कटलाई समाधान गर्न सहकारीहरूले जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया