एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

अर्थ समाचार

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा भने ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट