एसीसी प्रिमियर कपका लागि मलेसियाको टिम घोषणा, को को परे ?

खेलकुद

काठमाडौं / एसीसी मेन्स प्रिमियर कप खेल्नेका लागी मलेसिया क्रिकेट संघले मलेसियाको टिम घोषणा गरेको छ ।
वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यी टोली घोषणा गरेको हो । त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।
यस प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा कुवेत, सिंगापुर बहराइन, यूएई र हङकङ छन् ।

प्रतिक्रिया
ताजा अपडेट