`

कस्तो रहनेछ आजको मौसम ?

Nepal One HD २९ चैत २०७९ ७:२१
समाचार

काठमाडौं। बुधबार देशका केही स्थानको मौसम बदली हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने विभागले जनाएको छ ।

यस्तै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया