बैतडीमा जिप दुर्घटना हुँदा बझाङका एकै गाउँका ५ जनाको मृत्यु, पाँच जनाले हामफालेर ज्यान जोगाए

प्रमुख खबर

काठमाडौं – बैतडीमा जिप दुर्घटना हुँदा एकैगाउँका छ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप गए राति दुर्घटनामा परेको बैहो । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट