युइएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको सानदार जित

खेलकुद

काठमाडौँ – गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको छ।
खेलमा सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे। जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।
प्रतिक्रिया
ताजा अपडेट