`

राष्ट्रियसभाको बैठक वैशाख ४ गतेका लागि सारियो

Nepal One HD २९ चैत २०७९ १९:४७
राजनीति

काठमाडौं – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको छ ।

जारी सूचनामा भनिएको छ “मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’


प्रतिक्रिया