`

गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो

Nepal One HD २९ कार्तिक २०८३ १०:४८
प्रमुख खबर

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ यारू पुलनजिक बगर क्षेत्रमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान करिब ९ बजे पहिरो खसेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माका अनुसार पहिरो खस्ने क्षेत्रमा सडक अवरुद्ध रहेकाले मानवीय तथा भौतिक क्षति हुन पाएन । घटनाबारे थप विवरण संकलन गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।

पहिरोबाट खसेका केही ढुङ्गा र माटो बूढीगण्डकी नदीमा पुगेका छन् । तर नदीको बहाव रोकिएर थुनिने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताएका छन् ।

पहिरोको अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *