`

इट्टा बनाउनका लागि माटो मुछ्ने क्रममा मिक्सरमा परेर एक जनाले गुमाए दुवै खुट्टा

Nepal One HD ५ वैशाख २०८० १९:३३
समाचार

भक्तपुर, ५ चैत भक्तपुरको एउटा इट्टा उद्योगमा इट्टा बनाउनका लागि माटो मुछ्ने क्रममा मंगलबार खुट्टा मिक्सचर मेसिनमा पर्न गई एक जनाले मजदुरको दुवै खुट्टा गुमेको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स इट्टा उद्योगमा यसरी दुर्घटना हुँंदा रोल्पा नगरपालिका ६ घर भएको वर्ष २२ को विशाल परियारको दुवै खुट्टा गुमेको हो । मिक्सचर मेसिनमा परी दुवै खुटा घुडामुनी काटिएको (पेलिएको) प्रहरीले जनाएको छ ।

घटनापछि घाइतेको उपचारको लागी वी एण्ड वी अस्पताल ललितपुर लगेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी प्रजित केसीले घाइते बोल्न सक्ने अबस्थामा रहेको जनाए । तर दुवै घुडामुनिको खुटा काटिएको (पेलिएको) उनले जनाए ।

घाइतेको उपचारमा साहुँ र आफन्त सलग्न रहेको जनाइएको छ । घटनास्थल प्रभाग सुडालबाट प्रहरी वरिष्ठ नायब निरीक्षक  सुरेश केसीको टोली खटिएको जनाएको छ । घटनास्थल  बृत जगाती बाट ५ किमि उत्तर पूर्वमा पर्छ ।
 


प्रतिक्रिया