`

सुनको भाउ बढ्यो, चाँदीको भने स्थिर

Nepal One HD ८ वैशाख २०८० १२:३६
अर्थ समाचार

काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

 आज प्रतितोला छापावाल सुनको भाउ ४०० रुपैयाँ तेजाबी सुनको भाउ ३५० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छाापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला छापावाल सुन ५०० रुपैयाँ र तेजाबी सुन ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावालसुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज पनि चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो। 


प्रतिक्रिया