`

अहिले कुनै पार्टीसँग एकता होइन, महाधिवेशनको तयारीमा छौं : झलनाथ खनाल

Nepal One HD ९ वैशाख २०८० १४:२४
राजनीति

जनकपुर – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताउनुभएकाे छ ।  

जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले महाधिवेसनको तयारीमा लागेको भन्दै कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाउनुभयाे । 

‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भन्नुभयाे, ‘तर, साझा सबालमा मिलेर जाने सबालमा हाम्रो पार्टी तयार छ ।’ 

पुर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयाे। 

‘अब नवौं पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौं’ उहाँले भन्नुभयाे ।


प्रतिक्रिया