एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

खेलकुद

काठमाडौँ – जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेकाे छ ।
बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।
कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
प्रतिक्रिया
ताजा अपडेट