`

अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने हो : रामहरि खतिवडा

Nepal One HD १५ वैशाख २०८० १४:४७
राजनीति

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशको अन्र्थतन्त्र कमजोर भइरहेको बेलामा सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अयोग्य लडाकुको नाममा पैसा बाँड्न बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सबै देशका नागरिकहरु योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस्र , अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’


प्रतिक्रिया