`

पूर्व सांसद गुलेफन खातुन जेल चलान

Nepal One HD १६ वैशाख २०८० १३:४५
राजनीति

काठमाडौं – कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन्। सरकारी सहिछाप किर्ते आरोपमा दोषी ठहर भएकी खातुन जेल चलान भएकी हुन् ।

दोषी ठहर भएपछि फरारको रहेकी खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैद फैसला गरेको छ ।

२०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।


प्रतिक्रिया