`

प्रचण्ड सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ हटाएको खुलासा, रास्वपाले समर्थन फिर्ता लिन सक्ने

Nepal One HD १७ वैशाख २०८० ९:२६
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढेको छ । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएपछि रास्वपाले समर्थन फिर्ता लिने सम्भावना बढेको हो । यस बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रिय तथा संसदीय दलको बैठक पनि बोलदाएको जनाइएको छ ।

शुक्रवार सपथ पछि लामिछानेले सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले आफूहरुको गम्भीर आपत्ति रहेको बताएका थिए ।

उनले भने – ‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ ‘


प्रतिक्रिया