निरुको हत्यामा संलग्न आरोपीलाई काठमाडौं ल्याइयो, केही बेरमा सार्वजनिक गरिने

प्रमुख खबर

काठमाडौं – कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको हो । झापाबाट पक्राउ परेका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।
प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । हत्यापछि लुटिएको सुनको सिक्रीपनि बानेश्वरको एक पसलबाट भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट