नेपाललाई चौथो सफलता

NepalOne १८ वैशाख २०८० १०:०८
खेलकुद

काठमाडौँ / एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रूपमा उत्रिएको छ । नेपालले युएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ । 

नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट लिएका हुन ।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यससँगै युएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर युएई नेपालसँग भिड्न आइपुगेको हो । 

नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । 


प्रतिक्रिया