`

मुलुकमा राजनीतिक स्थायित्वका लागि एमालेले माग्यो रचनात्मक सुझाव

Nepal One HD २८ वैशाख २०८० ९:२८
राजनीति

काठमाडौँ – नेकपा एमालेले मुलुकमा राजनीतिक स्थायित्वका लागि रचनात्मक सुझाव मागेको छ । 

केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जालमार्फत एमालेले कार्य योजनाका लागि सुझावको अपेक्षा गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ”मुलुक राजनीतिक अस्थिरता र चरम आर्थिक सङ्कट (मन्दी)बाट गुज्रिरहेको बेलामा नेकपा (एमाले)कस्तो कार्य योजनाका साथ अघि बढ्नु उपयुक्त हुन्छ? तपाईँहरूको रचनात्मक सुझावको अपेक्षा गरिन्छ ”

मिसन ग्रासरुटको प्रदेशस्तरीय समीक्षा सकिएसँगै एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ ।  बैठकमा १० एजेन्डाबारे छलफल हुनेछ ।  

”मुलुकमा राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने योजनासाथ सुरु भएको मिसन ग्रासरुटको प्रभाव मूल्याङ्कन यस बैठकले गर्नेछ र त्यसको जगमा कार्य योजना तयार गर्नेछ”, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 


प्रतिक्रिया