भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले पुरा फिल्म देखाउन अझै बाँकी : केपी ओली

राजनीति

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले पुरा फिल्म देखाउन बाँकी रहेको बताउनु भएको हो । उहाँले २०४७ सालदेखिका भ्रष्टाचारमा छानबिन गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’
अध्यक्ष ओलीले धेरै ठुलो संख्यामा ठगी भएपछि अहिले छताछुल्ल भएको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट