`

देशभरबाट राप्रपाले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउँदै

Nepal One HD २९ वैशाख २०८० ११:३४
राजनीति

काठमाडौँ  – राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध आज दिउँसो १ बजे ज्ञापन पत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिनुभयो । 

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले भने प्रधानमन्त्री प्रचण्डलाई नै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । 

सङ्गठित भ्रष्टाचार विरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो । 


प्रतिक्रिया