`

एमालेको केन्द्रीय समिति बैठक : सबै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश

Nepal One HD २९ वैशाख २०८० १७:४२
राजनीति

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको दोश्रो दिन सबै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा बागमती, पेशागत, सम्पर्क समन्वय, गण्डकी प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरिएको हो । यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशको रिपोर्ट पेश गरिएको थियो ।

बैठकमा पेश भएको विभिन्न प्रतिवेदनमाथि आठ वटा समूह बनाएर छलफल भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकको तेश्रो दिन शनिबार पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टीको वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने रिजालले बताउनुभयो । एमालेलाई पहिलो शक्तिमा रुपन्तरण गर्ने गरी पार्टीले वार्षिक कार्यक्रम बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरूले राखेका सुझावहरूलाई अङ्गीकार गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया