नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन एमालेको माग

प्रमुख खबर

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने नेकपा एमालेले माग गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद ठाकुर गैरेले यस्तो माग गरेका हुन् । उनले सभामुखले ध्यानाकर्षण गराउँदा पनि किन सरकारले यो विषयमा सदनलाई जानकारी नगराएको ? भन्दै प्रश्न गरे ।
उनले भने, “सरकारले किन जघन्य विषयमा सदनलाई यति प्रगति भएको छ, यति काम गर्दै छौँ भनेर भन्नलाई के समस्या भयो ?”
सरकारले अनुसन्धानमा आलटाल गरिरहेको र दोषीलाई कारबाही हुन्छ भन्ने जनतालाई विश्वास नभएको उनको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट