`

गृहमन्त्री र उपप्रधानमन्त्री भएकाहरु चिसो छिँडीमा रुँदै बस्नुपरेकाे छ : विप्लव

Nepal One HD १ जेठ २०८० १७:१९
राजनीति

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले  गृहमन्त्री र उपप्रधानमन्त्री भएकाहरु चिसो छिँडीमा रुँदै बस्नुपरेकाे बताउनुभएकाे छ । 

सोमबार ५९ औं विद्यार्थी दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले भन्नुभयाे,‘हिजोसम्म गृहमन्त्री र उपप्रधानमन्त्री भएर देशको नेतृत्व गरेका मान्छेहरु आज करौडौको खेलमा भ्रष्टाचारमा जाकिएका छन् । उनीहरु आज जेलको चिसो छिँडीमा रुँदै बस्नुपरेको छ ।’  

उहाँले संसदीय व्यवस्थामा असल मानिसपनि सिंङ पुच्छर उमारेर निस्कने गरेको बताउनुभयाे । 

‘जनयुद्ध र १९ दिने जनआन्दोलनमा जीवनको दाउ थापेर लड्नेहरु के हो यो ? किन उनीहरु नेपाली जनताअगाडि टिक्न सक्दैनन् ? यो भनेको दलाल पुँजीवादी सत्ताको समस्या हो’, महासचिव विप्लवले भुटानी शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता नै मुछिएकोप्रति आक्रोश व्यक्त गर्नुभयाे। 

उहाँले अहिले सामन्तवाद परास्त भएपनि साम्राज्यवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयाे । ‘

​​​​​​​


प्रतिक्रिया