`

बागमतीमा कांग्रेसले ५ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने

Nepal One HD २ जेठ २०८० १६:२०
राजनीति

काठमाडौं –  सत्तारुढ दलहरुबीच बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगो लागेको छ।

नेकपा एमाले र राप्रपाले छोडेका ७ मन्त्रालयमा कांग्रेस र नेकपा एकीकृत समाजवादी बीचमा भागबण्डा मिलेको हो।

यसअघि आ–आफ्नै दाबीका कारण सरकारलाई पूर्णता दिन नसकेकोमा अब भने कांग्रेस र एकीकृत समाजवादी बीचमा सहमति भएपछि केही दिनभित्रै बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ।

प्रदेशको ६ मन्त्रालयमा दाबी गरिहेको कांग्रेसले ५ मन्त्रालय लिएर जाने सहमति गरेको छ भने एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएकाे हाे ।  यसअघि गत चैत २६ गते कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा अर्थमन्त्री र तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका थिए। हाल बागमती मन्त्रिपरिषदमा ५ मन्त्रालय रिक्त छन्।


प्रतिक्रिया