`

बयान दिन पूर्वगृहमन्त्री खाँणको आलटाल

Nepal One HD २ जेठ २०८० १८:१०
राजनीति

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भुटानी शरणार्थी प्रकरणमा बयान दिन आलटाल गरेका छन् ।

गत बुधबार पक्राउ परेका खाणको जिल्ला सरकारी वकिलको कार्यालयमा   सोमबारबाट बयान सुरु भए पनि बयान दिन खाँडले आलटाल गरेका हुन् ।  उनी ५ दिनसम्म त बयान दिन तयारै नै भएनन् । सोमबार  पनि प्रश्न सोध्दा सोध्दै उनले पेट दुखेको गुनासो गरेपछि डेढ घन्टामै बयान स्थगित भयो ।

जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको छ ।

खाँणले निकै सुस्त तरिकाले बयान दिइरहेका सरकारी वकिल कार्यालय कार्यालयका एक अधिकारी बताउछन्। उनको बयान हिजै सकिने तयारी गरिएको थियो , तर उनले बयानमा आलटाल गरेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो ।जिल्ला अदालतबाट तीन दिन म्याद भएसँगै रायमाझीलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

प्राविधिक परिक्षणको काम बाँकी रहेकोले खाणको बयान ढिलो सुरु भएको जिल्ला सरकारी कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले बताए । प्रहरीले खाणको मोबाइल बराबद गरेपनि फम्र्याट गरेको पाइएकाले रिकभर गर्न विधिविज्ञान प्रयोगशाला पठाइएको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनामध्ये ११ जनाको बयान सकिइसकेको छ । खाण र पूर्वसभासद आङतावा शेर्पाको मात्रै बयान बाँकी छ । तर खाणले बयान दिन अलमल गर्दा अझै समय लाग्ने देखिन्छ । अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । सरकारी वकिलले बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।


प्रतिक्रिया