`

शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे कांग्रेस नै अप्ठ्यारोमा पर्छ : शेखर कोइराला

Nepal One HD ३ जेठ २०८० १३:२६
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन३ ।

उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं ।’

दोषीलाई कारबाही हुनुपर्ने बताउँदै उनले शरणार्थी प्रकरणमा मुछिएपछि बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताए ।


प्रतिक्रिया