`

सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा

Nepal One HD ७ जेठ २०८० ११:१७
खेलकुद

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दाको पेशी तोकिएको हो । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।


प्रतिक्रिया