`

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह

Nepal One HD ९ जेठ २०८० २०:५२
राजनीति

बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवस भव्यरुपमा मनाउन आग्रह गर्नुभएको छ ।
गणतन्त्र दिवश २०८० मनाउने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आयोजना बागमती प्रदेशस्तरीय मूल समारोह समितिको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले गणतन्त्रबारे भ्रम पैदा भइरहेकाले पनि यो दिवस भव्यरुपमा मनाउन प्रदेशका सचिवहरुलाई निर्देशन दिनुभयो ।

गणतन्त्र खतरामा परेको भन्दै उहाँले विभिन्न कार्यक्रम गरेर जनतालाई यसको महत्त्व बुझाउन जोड दिनुभयो । गणतन्त्रलाई चुनौती दिनेविरुद्ध प्रभावकारी कार्यक्रम गर्नु जरुरी रहेको बताउँदै उहाँले भव्य र सव्य कार्यक्रमको तयारी थाल्न निर्देशन दिनुभयो ।

बैठकले गणतन्त्र दिवस २०८० मा सरसफाइका कार्यक्रम, राष्ट्रिय झण्डा फराउने कार्यक्रम, रक्तदान, वृक्षरोपण, प्रभातफेरीलगायतका कार्यक्रम गर्नेबारे छलफल भएको थियो । बैठकमा विभिन्न मन्त्रालयका मन्त्री सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया