`

नेप्से आज बन्द हुने

Nepal One HD ११ जेठ २०८० ११:०२
अर्थ समाचार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बन्द हुने भएको छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ः०० बजे मात्र खुल्नेछ । यसअघि बुधवार नेप्से सूचक १६.४९ अङ्कले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।


प्रतिक्रिया