`

ढोल र घण्टीहरु अराजकताको संकेत हुन् : झलनाथ खनाल

Nepal One HD १३ जेठ २०८० १५:३८
राजनीति

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् ती सबै अराजकताका संकेतहरु भएको बताउनुभयो । नेता खनालले  गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा गर्ने बेला आएको बताउँदै उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्। यो प्रकारको एउटा अवस्था आउँछ। ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन्।’

नेता खनालले आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएकोदाबी गर्नुभयो  ।  


प्रतिक्रिया