विराटनगरमा पहिचान आन्दोलनकारी र प्रहरीबीच झडप
प्रमुख खबर
काठमाडौँ – कोशी प्रदेशको नामकरण विषयमा असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ ।
आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनमा पक्षधर र प्रहरीबीच विराटनगरस्थित देवकोटा चोकमा दिउँसो झडप भएको हो ।
आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । प्रहरीले भिड नियन्त्रणमा लिन पानीको फोहरा हानेको छ भने अश्रुग्याँस समेत प्रहार गरेको छ ।
प्रदेश नामकरणपछि आज पहिलोपटक प्रदेश सभा बैठक बस्दै छ । त्यसैलाई लक्षितगरी उनीहरूले आन्दोलन चर्काएका हुन् ।
तर, यसअघि शनिवारदेखि नै स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
