`

कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिन्छ: अध्यक्ष ओली

Nepal One HD २८ जेठ २०८० १६:५५
प्रमुख खबर

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाको पुरानो इतिहास भएको बताउनु भएको छ।

नेपाल आर्ट ग्यालरीमा चित्रकला अवलोकन गर्दै उहाँले संस्कृति, चाडबाड र परम्पराको पुरानो इतिहास भएको बताउँदै हाम्रा सम्पदा भएको बताउनु भयो ।

हाम्रा कला र सम्पदाको संरक्षण गर्न सके त्यति धेरै शिक्षा लिन सकिने अध्यक्ष ओलीले बताउनु भयो।

इतिहास, सम्पदा र संस्कृतिको रक्षा गर्नुपर्ने बताउनु भयो । चित्रकलाको अवलोकन कार्यक्रम भएकाले उहाँले कुनै राजनीतिक कुरा गर्न चाहनु भएन।


प्रतिक्रिया