प्युठान कार दुर्घटना: आठ जनाको मृत्यु
प्रमुख खबर
काठमाडौँ / प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
प्युठानको भिंग्रीमा सोमबार कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए। मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको बताए। उनका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको जानकारी दिए।
कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
