सावित्राले युरोपियन क्लबमा लिग खेल्ने

NepalOne ३० जेठ २०८० १४:५८
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् ।

नेपाली टिमकी सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

दक्षिण एसियामा सार्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल खेल्दा ४३ गोल गरिसकेकी छन् । साबित्राले घरेलु फुटबल एपीएफ क्लबबाट खेल्ने गर्छिन् ।


प्रतिक्रिया