विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

NepalOne ५ असार २०८० १२:४२
खेलकुद

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेपछि नेपाली कप्तान रोहित पौडेलले पहिले बलिङ रोजेका हुन् ।

आजको खेलमा नेपालका बलर सोमपाल कामी खेल्ने छैनन् । गएको आइतवार जिम्बावेसँगको खेलमा घाइते भएका उनी आजको खेलका लागि फिट नभएका हुन् । आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे खेलमा हार बेहाेरेका छन् ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।


प्रतिक्रिया