वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल


काठमाडौं / आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्ने निर्णय गरेको छ ।
जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा मध्यन्ह १२ः४५ बजेदेखि सुरु हुने खेलका लागि भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निणर्य गर्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिए ।
छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।
यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।
नेपाल टिम
आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।