वेस्ट इण्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

NepalOne ७ असार २०८० १६:४७
खेलकुद

काठमाडौं / आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेष्टइन्डिजले नेपाललाई ३४० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

५० ओभरको खेलमा वेष्टइन्डिजका खेलाडी साइ होप र निकोलस पूरनको शतकका मद्दतले ३३९ रन बनाएको हो।

नेपालका लागि बायाँहाते स्पिनर ललित राजवंशीले सबैभन्दा धेरै तीन विकेट लिएका छन्। उनले वेष्टइन्डिजका रोभमन पावेल, जेसन होल्डर र साइ होपको विकेट लिएका थिए ।
  
नेपालका लागि करण केसी,  सन्दीप लामिछाने,  गुलशन झा र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए । टस जितेर पहिले बलिङ रोजेको नेपालले वेष्टइन्डिजलाई ५० ओभरमा नेपालले अलआउट गरेको थियो ।

नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।


प्रतिक्रिया