मेयर बालेनविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

प्रमुख खबर

काठमाडौं / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदनमाथि समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन ।
महानगर प्रमुख शाहले उच्च अदालतको फैसला नमान्ने अभिव्यक्ति सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उनीविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना मुद्दा दायर गरेकी हुन् । त्यसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ । सुनुवाइपछि निवेदन खारेज वा मेयर बालेनविरुद्ध कारण देखाऊ आदेश जारी हुनसक्छ ।
अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू उपयुक्त आदेश हुनसक्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट