सुन तस्करी प्रकरण : भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

NepalOne ७ साउन २०८० १८:५५
अपराध

काठमाडौँ  । अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् ।

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो।

असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो । लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो ।


प्रतिक्रिया