इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु

NepalOne २१ असोज २०८० २१:०१
प्रमुख खबर

काठमाडौं – इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको इजराइलका लागि नेपाली राजदूतवासले जनाएको छ । यस्तै चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मृत्यु हुनेहरुमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रसिंह धामी मालिकार्जुन–०४ दार्चुला रहेका छन् ।


प्रतिक्रिया