तुला पर्वत, श्रृषा र म्यानमारकी मोडल नान पोको सहकार्यमा तयार भयो त्यत्तिकै छोड

तुला पर्वत, श्रृषा र म्यानमारकी मोडल नान पोको सहकार्यमा तयार भयो त्यत्तिकै छोड

काठमाडौँ । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रीषा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म दयारानीकी अभिनेत्री समेत हुन् ।

श्रीषाले आधा दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा नान पोको अभिनय देख्न सकिन्छ । मोडल नान पो म्यानमारकी हुन् । गायक तथा संगीतकार तुलाले नै छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् ।

यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।

nepal one