समाचार

कास्की केन्द्र भएर भूकम्पको धक्का

NepalOne
६ जेठ २०८२ १४:३४

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का कास्कीसहित गण्डकी प्रदेशका तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।


प्रतिक्रिया